समाचार

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

By खबरहब

September 29, 2024

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको जनाएको छ ।

प्रालिले गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएकाले खोजीकार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

प्रालिका अनुसार उक्त बस शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्कमा भएको तर त्यसपछि कोही कसैसँग सम्पर्क नभएको जनाएको छ । बसमा कति यात्रु थिए भन्ने बारेमा केही खुलाइएको छैन ।

कम्पनीका तर्फबाट खोजीकार्य भइरहे पनि कुनै पत्ता लाग्न नसकेको भन्दै खोजीमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको हो ।