सांकेतिक तस्बिर

समाचार

हात्तीको आक्रमणबाट मृत्यु

By खबरहब

September 29, 2024

कञ्चनपुर– कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय रामदल राना छन् ।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएको हात्तीले रानालाई आक्रमण गरेको थियो ।

रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए ।