माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता  | Khabarhub Khabarhub

माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता 


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै खसेको पहिरोमा परेर माथिल्लो तामाकोशी जलविद्युत आयोजना कार्यरत दुईजना सुरक्षाकर्मी सहित ४ जना बेपत्ता भएका छन् ।

बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाका लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनाका दुईजना र अन्य दुई कर्मचारी गरि चारजना बेपत्ता भएको आयोजनाले जनाएको छ।

पहिरोले ड्याम नजिकै रहेको हाइड्रोपावरको कन्ट्रोल बिल्डिङमा माथिबाट पहिरो झरेर बिल्डिङ पुरिँदा त्यहाँ बस्ने सुरक्षार्कीसहित ४ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा नवलपरासीका ३५ वर्षीय कृष्णप्रसाद चौधरी, बिगु गाउँपालिका– १ लामाबगरका ३० वर्षीय जयराम तामाङ, नेपाली सेनाका जवान नरेन्द्र बहादुर पाल र शंकर चन्द रहेका छन्।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोले आयोजनामा समेत ठूलो क्षति गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : २९ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका