माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता  « Khabarhub

माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता 


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै खसेको पहिरोमा परेर माथिल्लो तामाकोशी जलविद्युत आयोजना कार्यरत दुईजना सुरक्षाकर्मी सहित ४ जना बेपत्ता भएका छन् ।

बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाका लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनाका दुईजना र अन्य दुई कर्मचारी गरि चारजना बेपत्ता भएको आयोजनाले जनाएको छ।

पहिरोले ड्याम नजिकै रहेको हाइड्रोपावरको कन्ट्रोल बिल्डिङमा माथिबाट पहिरो झरेर बिल्डिङ पुरिँदा त्यहाँ बस्ने सुरक्षार्कीसहित ४ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा नवलपरासीका ३५ वर्षीय कृष्णप्रसाद चौधरी, बिगु गाउँपालिका– १ लामाबगरका ३० वर्षीय जयराम तामाङ, नेपाली सेनाका जवान नरेन्द्र बहादुर पाल र शंकर चन्द रहेका छन्।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोले आयोजनामा समेत ठूलो क्षति गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : २९ बजे

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि