ब्रेकिङ स्टोरी

झ्याप्ले खोलामा पुरिएका साधनबाट थप १० शव फेला

By खबरहब

September 29, 2024

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोस्थलबाट आज थप १० वटा शव निकालिएको छ ।  

बुटवलबाट काठमाडौं आउने क्रममा बाढीले पुरिएको विङ्गर र बसबाट शनिबार १४ वटा शव निकालिएको थियो।

उद्धारलाई आइतबार पनि निरन्तरता दिँदा थप १० वटा शव सुरक्षाकर्मीले निकालेका छन्।

हिजो १४ वटा शव निकालिएको ठाउँबाट आज सुरुमा ३ वटा र पछि थप ७ वटा शव निकालिएको हो ।

प्रहरीका अनुसार झ्याप्ले खोलामा पुरिएको गोरखाको बस र चितवनको हायसबाट १० जनाको शव निकालिएको हो ।

झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।