एसडी योगी र रेश्मा पुनको स्वरमा ‘पिङ्की पियारी’ सार्वजनिक « Khabarhub

एसडी योगी र रेश्मा पुनको स्वरमा ‘पिङ्की पियारी’ सार्वजनिक


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा नयाँ गीत ‘पिङ्की पियारी’ भिडियोसहित सार्वजनिक भएको छ । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टले लेखेका हुन् भने सङ्गीत एसडी योगी स्वयंको छ ।

भिडियोमा अलिसा शर्मा र अस्मिक लम्सालले अभिनय गरेका छन् । भिडियोमा एक युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा देखाइएको छ ।

भिडियोको निर्देशन शान थापाले गरेका छन् । जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने, सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् ।

निर्माण पक्षले गीत सार्वजनिक भएसँगै दर्शकका लागि उपहार योजना पनि घोषणा गरेको छ ।

निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडियो बनाएर सर्वाधिक भ्युज पाउने क्रिएटरलाई एक स्मार्टफोन उपहार दिइनेछ । कात्तिक २५ गते उपहार प्रदान गरिने बताइएको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ३६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण