समाचार

कांग्रेसले बाढीपहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

By खबरहब

September 29, 2024

काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमार्फत विपदमा परेका नागरिकका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले सबै सांसदबाट १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, कांग्रेसले पार्टीका सबै पूर्वघोषित कार्यक्रम स्थगित गरी राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न निर्देशन समेत दिएको छ ।