समाचार

रास्वपा केन्द्रीय समिति बैठक जारी 

By खबरहब

September 29, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय वनस्थलीमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपसभापति स्वर्णिम वाग्ले सहित १४ जना नेता चीन गएको विषयमा रिपोर्टिङ हुने एजेन्डा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

देशमा आएको बाढी पहिरोमा पीडितहरूलाई राहत रकम पनि प्रदान गर्न सक्ने रास्वपाको तयारी छ ।

यस्तै सरकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि गरिने कारबाहीको विषयमा पनि छलफल हुने पार्टीका एक नेताले बताए ।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानविन र कारबाही गर्न संसदीय विशेष समितिले निर्देशन दिएको छ । तर सभापति  लामिछानेले आफूले मुख्य आरोपबाट ‘क्लिन चिट’ पाएको बताउँदै आएका छन् ।