झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो « Khabarhub

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो ।

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  २ : ४४ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक