समाचार

 माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

By खबरहब

September 29, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्  ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए  ।

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे  ।

मानवीय विपद्को मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।