बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या « Khabarhub

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका बन्द हुन पुगेको छ । पछिल्लो समयमा आएको बाढीको कारण पहिरोले सडकमा क्षति पुर्‍याएको र बेलिब्रिज पुल बगाएपछि सवारी साधनको आवतजावत बन्द हुन पुगेको हो । जसले गर्दा दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको छ ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार तातोपानी नाका नजिकको तिपिङदेखि लार्चा बिचमा पर्ने तिपिङ खोलामा पुल र सडकबीचकोको सम्बन्ध विच्छेद भएकाले सवारी साधन ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । साथै बाढीले भन्सार कार्यालय भएको लार्पा नजिकको भोटेकोशीको बेलिब्रिज पुल पनि बगाएको छ । जसले गर्दा अहिले सडक यातायात पूर्णरूपमा सम्बन्ध विच्छेद भएको अवस्था भएको उनले बताए ।

दशैं लक्षित गरेर नेपाल ल्याउनको लागि सीमा नजिक क्षेत्रमा आइपुगेका ठूलो संख्याका कन्टेनरहरू अलपत्र पर्न पुगेको उनले खबरहबलाई जानकारी दिएका छन् ।

तातोपानी नाकामा समस्या हुँदा रसुवाको नाका प्रयोग गर्ने हो र रसुवाको नाकामा समस्या हुँदा तातोपानी नाका प्रयोग गर्ने हो’, उनले भने, ‘अहिले रसुवा नाकामा पनि समस्या भएको हुँदा कन्टेनरहरू बीचमा नै अलपत्र पर्ने अवस्था बनेको छ ।

चीनबाट आयातित सामग्री फेरि फर्काएर दक्षिणको मार्गबाट ल्याउने सम्भावना पनि कम भएको भन्दै उनले लामो समय नाकामा सामग्री अलपत्र पर्ने अवस्था देखिएको बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय रसुवाले पनि पछिल्लो वर्षाले केरुङतर्फको सडक संरचनामा क्षति पुगेको कारणले यातायात सुचारु हुन केही समय लाग्ने बताएको छ । चीनतर्फको दुवै नाकाको सञ्चालनमा कठिनाइ हुँदा चाडपर्व लक्षित र जाडोयामको लागि आयात हुने सामग्रीमा समस्या हुने देखिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार