नेपाल वायुसेवा निगमको टिकट काटेर यात्रा गर्न छुटेका यात्रुलाई अष्टमीसम्म शुल्क नलाग्ने « Khabarhub

नेपाल वायुसेवा निगमको टिकट काटेर यात्रा गर्न छुटेका यात्रुलाई अष्टमीसम्म शुल्क नलाग्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमको टिकट काटेका तर, वर्षाको कारण उडान छुटेका यात्रुहरूलाई अक्टोबर ११ अर्थात् अष्टमीसम्म यात्रा गर्दा शुल्क नलाग्ने भएको छ ।

नेपाल वायुसेवा निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै २७ सेप्टेम्बर देखि अक्टोबर २ सम्मको उडान टिकट लिएका तर, वर्षाको कारणले छुट्न गएका यात्रुहरूको हकमा सो व्यवस्था गरिएको जनाएको हो ।

टिकट लिएर यात्रा छुटेका यात्रुहरूले निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने र त्यसका लागि निगमको कार्यालयमा सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुहरूले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशीघ्र निगमको कार्यालयमा सम्पर्क गरी सो सेवा लिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ’, निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ०७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति