पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति « Khabarhub

पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बचाउ गरेको छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई पक्राउ गरिएकोमा रास्वपाले आपत्ति व्यक्त गरेको हो ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारसँग बोल्दै कार्यवाहक प्रवक्ता मनिष झाले जोशीलाई प्रक्रिया नपुर्‍याई समातिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘छविजीलाई जुन प्रक्रियाले पक्रिएको छ, त्यसको विरोधमा छौँ । प्रक्रिया मिलेको छैन । कुन आधारमा पक्रिएको हो ?‚’ उनले प्रश्न गरे‚ ‘ बिदाको दिन उहाँको बयान लिएको छैन । तर‚ कुनै सञ्चारमाध्यममा बयान भनेर समाचार आउँछ । भोलिपल्ट कुनामा सानो लेखेर माफी माग्छ तर‚‘ड्यामेज‘ हाम्रा नेता र पर्टीको भएको छ ।’

जोशी काठमाडौंमा पक्राउ परेपछि गत आइतबारदेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनमा लगानी गरेर लगेर अपचलन गरेको आरोप उनी र रवि लामिछानेमाथि छ ।

एकै आरोपका छवि पक्राउ पर्दा रवि भने पक्राउ परेका छैनन् । सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानबिन समितिले छविसहित रास्वपाका सभापति रविलाई पनि कारबाही सिफारिस गरेको थियो ।

लामिछाने अझै पक्राउ परेका छैनन् । लामिछानेलाई पक्राउ गरे प्रतिवादमा उत्रिने चेतावनी यसअघि नै रास्वपाले सरकारलाई दिइसकेको छ । छविलाई पक्राउ गरेकै दिन रास्वपा कार्यालयमा प्रहरी पुगेपछि रविले कार्यकर्ता उतारे बल देखाएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ४७ बजे

नेपालगञ्जको हडियाबाबा आश्रम धार्मिक पर्यटकीय क्षेत्र बन्दै

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ- निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा

डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

मुस्ताङ- नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर

बागलुङ– वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

दाङ– दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोट