पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति « Khabarhub

पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बचाउ गरेको छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई पक्राउ गरिएकोमा रास्वपाले आपत्ति व्यक्त गरेको हो ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारसँग बोल्दै कार्यवाहक प्रवक्ता मनिष झाले जोशीलाई प्रक्रिया नपुर्‍याई समातिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘छविजीलाई जुन प्रक्रियाले पक्रिएको छ, त्यसको विरोधमा छौँ । प्रक्रिया मिलेको छैन । कुन आधारमा पक्रिएको हो ?‚’ उनले प्रश्न गरे‚ ‘ बिदाको दिन उहाँको बयान लिएको छैन । तर‚ कुनै सञ्चारमाध्यममा बयान भनेर समाचार आउँछ । भोलिपल्ट कुनामा सानो लेखेर माफी माग्छ तर‚‘ड्यामेज‘ हाम्रा नेता र पर्टीको भएको छ ।’

जोशी काठमाडौंमा पक्राउ परेपछि गत आइतबारदेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनमा लगानी गरेर लगेर अपचलन गरेको आरोप उनी र रवि लामिछानेमाथि छ ।

एकै आरोपका छवि पक्राउ पर्दा रवि भने पक्राउ परेका छैनन् । सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानबिन समितिले छविसहित रास्वपाका सभापति रविलाई पनि कारबाही सिफारिस गरेको थियो ।

लामिछाने अझै पक्राउ परेका छैनन् । लामिछानेलाई पक्राउ गरे प्रतिवादमा उत्रिने चेतावनी यसअघि नै रास्वपाले सरकारलाई दिइसकेको छ । छविलाई पक्राउ गरेकै दिन रास्वपा कार्यालयमा प्रहरी पुगेपछि रविले कार्यकर्ता उतारे बल देखाएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ४७ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।