पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति « Khabarhub

पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बचाउ गरेको छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई पक्राउ गरिएकोमा रास्वपाले आपत्ति व्यक्त गरेको हो ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारसँग बोल्दै कार्यवाहक प्रवक्ता मनिष झाले जोशीलाई प्रक्रिया नपुर्‍याई समातिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘छविजीलाई जुन प्रक्रियाले पक्रिएको छ, त्यसको विरोधमा छौँ । प्रक्रिया मिलेको छैन । कुन आधारमा पक्रिएको हो ?‚’ उनले प्रश्न गरे‚ ‘ बिदाको दिन उहाँको बयान लिएको छैन । तर‚ कुनै सञ्चारमाध्यममा बयान भनेर समाचार आउँछ । भोलिपल्ट कुनामा सानो लेखेर माफी माग्छ तर‚‘ड्यामेज‘ हाम्रा नेता र पर्टीको भएको छ ।’

जोशी काठमाडौंमा पक्राउ परेपछि गत आइतबारदेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनमा लगानी गरेर लगेर अपचलन गरेको आरोप उनी र रवि लामिछानेमाथि छ ।

एकै आरोपका छवि पक्राउ पर्दा रवि भने पक्राउ परेका छैनन् । सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानबिन समितिले छविसहित रास्वपाका सभापति रविलाई पनि कारबाही सिफारिस गरेको थियो ।

लामिछाने अझै पक्राउ परेका छैनन् । लामिछानेलाई पक्राउ गरे प्रतिवादमा उत्रिने चेतावनी यसअघि नै रास्वपाले सरकारलाई दिइसकेको छ । छविलाई पक्राउ गरेकै दिन रास्वपा कार्यालयमा प्रहरी पुगेपछि रविले कार्यकर्ता उतारे बल देखाएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ४७ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार