ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल « Khabarhub

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा ओमानका कप्तानले टस जितेर पहिला बलिङ गर्ने गरेपछि नेपालले पहिला ब्याटिंग गर्ने भएको हो । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ६ टी–२० खेल भएका छन्, जसमा नेपाल र ओमानले ३–३ खेल जितेका छन् । यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ४७ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण