जापानी सांसद भन्छिन्– मानव अधिकार उल्लङ्घनविरुद्ध कठोर हुनुपर्छ « Khabarhub

जापानी सांसद भन्छिन्– मानव अधिकार उल्लङ्घनविरुद्ध कठोर हुनुपर्छ


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उइग्युर मूलकी प्रथम जापानी सांसद आरफिया एरीले चीनमा जारी मानव अधिकार उल्लङ्घविरुद्ध कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएकी छिन् ।

उनले हिन्द प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ सैनिक प्रभावप्रति समेत चनाखो हुनुपर्ने बताइन् ।

निक्के एशियाका अनुसार उइग्युर र उज्बेक आमाबाबुबाट जापानमा जन्मेकी एरीले सिड्नीमा आयोजित एउटा कार्यक्रममा यस्तो बताएकी हुन् । सन् २०२३ मा जापानी संसदमा निर्वाचित एरीले चीन र अमेरिकामा शिक्षा प्राप्त गरेकी थिइन् भने उनले संयुक्त राष्ट्रसंघ र बैंक अफप जापानका लागि काम गरिसकेकी छिन् ।

चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर समुदायविरुद्ध चीन सरकारले गरिरहेको भनिएको दमनविरुद्ध जापानले निकै सावधानीपूर्ण कूटनीतिक कदम चालिरहेको बताइन्छ । जापानले सिन्जियाङका घटनाबारे चिन्ता व्यक्त गरेपनि चीनविरुद्ध कुनै कठोर कदम चालेकोे छैन ।

सन् २०२१ मा जी ७ का अरु मुलुकहरुजस्तै जापानले पनि सिन्जियाङमा जारी घटनाप्रति चिन्ता व्यक्त गरेको थियो । तर, जापानले अन्य मुलुकहरुजस्तो चीनविरुद्ध प्रतिबन्ध भने लगाएको थिएन ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : ३७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को