जापानी सांसद भन्छिन्– मानव अधिकार उल्लङ्घनविरुद्ध कठोर हुनुपर्छ « Khabarhub

जापानी सांसद भन्छिन्– मानव अधिकार उल्लङ्घनविरुद्ध कठोर हुनुपर्छ


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उइग्युर मूलकी प्रथम जापानी सांसद आरफिया एरीले चीनमा जारी मानव अधिकार उल्लङ्घविरुद्ध कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएकी छिन् ।

उनले हिन्द प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ सैनिक प्रभावप्रति समेत चनाखो हुनुपर्ने बताइन् ।

निक्के एशियाका अनुसार उइग्युर र उज्बेक आमाबाबुबाट जापानमा जन्मेकी एरीले सिड्नीमा आयोजित एउटा कार्यक्रममा यस्तो बताएकी हुन् । सन् २०२३ मा जापानी संसदमा निर्वाचित एरीले चीन र अमेरिकामा शिक्षा प्राप्त गरेकी थिइन् भने उनले संयुक्त राष्ट्रसंघ र बैंक अफप जापानका लागि काम गरिसकेकी छिन् ।

चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर समुदायविरुद्ध चीन सरकारले गरिरहेको भनिएको दमनविरुद्ध जापानले निकै सावधानीपूर्ण कूटनीतिक कदम चालिरहेको बताइन्छ । जापानले सिन्जियाङका घटनाबारे चिन्ता व्यक्त गरेपनि चीनविरुद्ध कुनै कठोर कदम चालेकोे छैन ।

सन् २०२१ मा जी ७ का अरु मुलुकहरुजस्तै जापानले पनि सिन्जियाङमा जारी घटनाप्रति चिन्ता व्यक्त गरेको थियो । तर, जापानले अन्य मुलुकहरुजस्तो चीनविरुद्ध प्रतिबन्ध भने लगाएको थिएन ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : ३७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको