माथिल्लो तामाकोशीमा दुईजनाको शव फेला « Khabarhub

माथिल्लो तामाकोशीमा दुईजनाको शव फेला


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आज फेला परेको हो । तर शवको पहिचान भने हुन सकेको छैन । दुवै शव नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी चरिकोट ल्याइएको छ ।

ती शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेदोसहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कन्ट्रोल विल्डिङ पुरिँदा त्यसको सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवान नरेन्द्रबहादुर पाल, अर्का सैनिक शङ्कर चन्द तथा नवलपरासीको प्रतापपुर घर भई माथिल्ले तामाकोशीमा काम गर्दैआएका ३५ वर्षीय कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालु घर भई कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्क बिहिन भएका थिए ।

ती मध्ये दुई जनाको शव फेला परेपनि पहिचान हुन सकेको छैन । पहिरोले पुरिँदा सम्पर्कबिहिन भएका अन्य दुइ जनाको अवस्था अज्ञात छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ४२ बजे

फिल्म नबिक्ने प्रकाशको त्यो डर 

काठमाडौं – नायक बनेका गायक प्रकाश सपुतका फिल्म लगातार फ्लप

तस्करी, लागुऔषध र जघन्य अपराधमा मोरङ प्रहरीको ‘फुल स्केल’ अभियान

काठमाडौं- मोरङमा पछिल्ला महिनाहरूमा प्रहरीको सक्रियता बढेसँगै भन्सार नाकादेखि बजार

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो- उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान

‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस

काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल

भन्सारमा कडाइ : उपभोक्ता विरोधमा उत्रिँदा व्यवसायी भने उत्साहित, बढ्नसक्छ राजस्व

काठमाडौं– सरकारले केही दिन यता भारतबाट आउने वस्तुको भन्सार जाँचपासमा