राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह | Khabarhub Khabarhub

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी विगत तीन दिनदेखि देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

“वर्षा रोकिए पनि राजमार्गमा सुक्खा पहिरोको जोखिम अझै कायम छ, गन्तव्य स्थानसम्म बाटोको अवस्था जानकारी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुहोला”, महासचिव गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,“सार्वजनिक सवारी सञ्चालन गर्दा आफ्नो सम्बन्धित कम्पनी, सुरक्षा निकायसँग समन्वय गरी मौसमको अवस्था हेरेर आवतजावत गर्न सम्पूर्ण यातायात व्यवसायी, स्वरोजगार र मजदुरलाई आग्रह छ ।”

यसैगरी महासङ्घले बाढीपहिरोका कारण देशका अधिकांश राजमार्गमा क्षति पुगेकाले चाँडो मर्मतसम्भार गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । “यस्तै बेपत्ता व्यक्तिको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन महासङ्घ सरकारसँग आग्रह गर्दछ । यस दुःखद घडीमा विपत्तिमा परेका यात्रु तथा जनताको उद्धार तथा राहतमा लाग्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई हाम्रो आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासङ्घले माग गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : ०६ बजे

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला