राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह « Khabarhub

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी विगत तीन दिनदेखि देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

“वर्षा रोकिए पनि राजमार्गमा सुक्खा पहिरोको जोखिम अझै कायम छ, गन्तव्य स्थानसम्म बाटोको अवस्था जानकारी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुहोला”, महासचिव गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,“सार्वजनिक सवारी सञ्चालन गर्दा आफ्नो सम्बन्धित कम्पनी, सुरक्षा निकायसँग समन्वय गरी मौसमको अवस्था हेरेर आवतजावत गर्न सम्पूर्ण यातायात व्यवसायी, स्वरोजगार र मजदुरलाई आग्रह छ ।”

यसैगरी महासङ्घले बाढीपहिरोका कारण देशका अधिकांश राजमार्गमा क्षति पुगेकाले चाँडो मर्मतसम्भार गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । “यस्तै बेपत्ता व्यक्तिको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन महासङ्घ सरकारसँग आग्रह गर्दछ । यस दुःखद घडीमा विपत्तिमा परेका यात्रु तथा जनताको उद्धार तथा राहतमा लाग्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई हाम्रो आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासङ्घले माग गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : ०६ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६