तीन महिनामै ३२ करोडको नरिवल आयात « Khabarhub

तीन महिनामै ३२ करोडको नरिवल आयात


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी ३२ करोड नौ लाख रुपैयाँ बराबरको नरिवल भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार ५९५ केजी नरिवल आयात भएको हो ।

भन्सार विभागका निर्देशक एवम्‌ सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पछिल्लो तीन महिनामा करिब एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए ।

विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार २६ करोड दुई लाख रुपैयाँको दुई लाख ९८ हजार ९४६ केजी काजु, १८ करोड ६० लाख रुपैयाँको दुई लाख ३२ हजार ६९३ केजी बदाम र अलमण्ड आयात भएको छ । २० करोड ९८ लाख रुपैयाँको छ लाख सात हजार २२५ केजी ओखर आयात भएको छ ।

यस्तै, एक करोड ४५ लाख रुपैयाँ बराबरको पिस्ता १२ हजार ७७७ केजी, २१ करोड ६२ लाख रुपैयाँमा १७ लाख १४ हजार ४१९ केजी सुपारी, एक करोड ३० लाख रुपैयाँको एक लाख २४ हजार १७७ केजी खजुर र छोकडा आयात भएको छ ।

४१ हजार ५५० केजी अंजिर दुई करोड ६५ लाख रुपैयाँमा, तीन लाख २४ हजार छ६७५ केजी किसमिस १० करोड ६२ लाख रुपैयाँमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै, दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती चार करोड ७४ लाख मूल्य बराबरको  आयात गरिएको छ ।

विभागका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ । तुलनात्मक रुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ । यस्तै; ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष तीन महिनामा नौ करोड ८४ लाख रुपैयाँ बराबरको सात लाख ७८ हजार ५८२ थान बत्ती आयात भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : १५ बजे

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई