२९ तोला सुनसहित दुईजना पक्राउ « Khabarhub

२९ तोला सुनसहित दुईजना पक्राउ


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – रुपन्देही प्रहरीले राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धनतेरसका अघिल्लो रात सोमबार करिब १० बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख रुपैयाँ बराबरको उक्त सुन बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले राजस्व छली गरी अवैध रुपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले खानतलासी गर्दा बसका सहचालक कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बस्ने वर्ष ३३ को अकबर अलि मिया उक्त धातुसहित पक्राउ परेको जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित पूर्व पश्चिम राजमार्गमा बस रोकेर खानतलासी गर्दा मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको खनालले जानकारी दिए ।

उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको रहेको प्रहरीले जनाएको छ । प्रहरीले मियासहित अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनारसमेतलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १० : ३७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती