सरकारले बेपत्ता र सत्यनिरुपण आयोग पदाधिकारीको छनोटका लागि माग्यो सुझाव | Khabarhub Khabarhub

सरकारले बेपत्ता र सत्यनिरुपण आयोग पदाधिकारीको छनोटका लागि माग्यो सुझाव


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ।

छानबिन आयोग र मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले यही कात्तिक ११ गते निर्णय गर्दै उक्त दुई आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१ को मस्यौदामा ४८ घण्टाभित्र रायसुझाव तथा प्रतिक्रिया दिन माग गरेको हो।

उक्त निर्णय बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको वेबसाइटमा यही कात्तिक १२ गते प्रकाशन गरिएको छ। साथै उक्त मस्यौदा मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ।

मस्यौदाउपर यही कात्तिक १४ गतेभित्र समितिको सचिवालय (कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय) वा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको इमेल वा सत्यनिरुपण तथा मेलमिलाप आयोगको इमेल वा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको इमेलमार्फत राय, प्रतिक्रिया उपलब्ध गराउन सकिने व्यवस्था गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शाखा अधिकृत रामकृष्ण पाठकले जानकारी दिए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’