पाटन प्रिमियर लिगः पञ्चेश्वर अन्तिम चारमा सुरक्षित « Khabarhub

पाटन प्रिमियर लिगः पञ्चेश्वर अन्तिम चारमा सुरक्षित


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी – यहाँको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । सुपर सिक्सका खेलबाट चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकाको टोली लगातार दोस्रो उत्कृष्ट जीतका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा सुरक्षित हुने क्रममा पञ्चेश्वरले कुलगडे क्रिकेट क्लबमाथि दुई सय २४ रनको जीत निकाल्यो ।

पञ्चेश्वरले दिएको तीन सय रनको विशाल लक्ष्य पछ्याएको कुलगडे १२.५ ओभरमा ७५ रनमा समेटियो। कुलगडेका विवेक चन्दले ३९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पञ्चेश्वरका हिक्मत महराले चार, भोजराज भट्ट र दिनेश महराले दुई÷दुई विकेट हात पारे ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ९९ रन बनायो । पञ्चेश्वरका वसन्त कार्कीले शतकीय पारी खेल्दै एक सय ४५ रनमा अविजित रहे । वसन्तले हिर्काएको रन पाटन प्रिमियर लिगमा इतिहासको दोस्रो व्यक्तिगत उच्च अङ्क रहेको आयोजकले जनाएको छ ।

यसअघि पञ्चेश्वरका अभिषेक पालले एक सय ६५ रन बनाउँदै कीर्तिमान बनाएका थिए । सोमबारको खेलमा अभिषेकले २८, वीरेन्द्र नाथले २१, सुनील चन्द ३३, नरेश चन्दले ३८ रन जोडे । कुलगडेका सुरज ठगुन्नाले दुई विकेट लिए ।

पञ्चेश्वर समूहबाट आयोजक पाटन क्रिकेट क्लब उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए । द्वितीय पुरस्कार ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

‘म्यान अफ द सिरज’बापत १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चन्दले जानकारी दिए ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ४२ बजे

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको

मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास

सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु

दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार