युवा खेलाडीलाई दिइने कोपा ट्रफी लमिन यमाललाई « Khabarhub

युवा खेलाडीलाई दिइने कोपा ट्रफी लमिन यमाललाई


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनका मिडफिल्डर रोड्रीले बालोन डी ओर अवार्ड जित्दा स्पेन तथा बार्सिलोनाका युवा स्टार लमिन यमालले कोपा ट्रफी जितेका छन्।

२१ वर्ष मुनिका खेलाडीलाई दिइने कोपा ट्रफी स्पेन तथा बार्सिलोनाका विङ्गर यमाललाई प्रदान गरिएको हो। गत जुलाईमा १७ वर्ष पुरा भएका उनले गत सिजन बार्सिलोनाका लागि ५० खेल खेल्दै ७ गोल गर्नुका साथै सात एसिस्ट गरेका थिए।

युरो कप विजेता टोलीका सदस्य उनले चार एसिस्ट गर्दै सबै भन्दा धेरै एसिस्टको कीर्तिमान कायम गरेका थिए। युरो कपमा उनी उत्कृष्ट युवा खेलाडी हुनुका साथै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका थिए।

अस्टन भिल्ला तथा अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले दोस्रो वर्ष उत्कृष्ट गोलरक्षकको रूपमा यासिन ट्रफी जितेका छन्।

गत सिजन ५२ गोल गरेका हेरी केन र केलिएन एम्बाप्पेले संयुक्त रूपमा गर्ड म्युलर ट्रफी जितेका छन्।

रियल म्याड्रिड र फ्रान्सका कप्तान एम्बाप्पे अनुपस्थित भएको कार्यक्रममा वायरन म्युनिख तथा इङ्गल्यान्डका केनले सो अवार्ड लिएका थिए।

सन् २०२२ का विश्वकप विजेता टोलीका सदस्य उनले अस्टन भिल्लालाई प्रिमियरसिपको चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ४१ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको