रास्वपाको प्रदर्शनअघि नै धरपकड, सांसदसहित १७ नेता-कार्यकर्ता समातिए « Khabarhub

रास्वपाको प्रदर्शनअघि नै धरपकड, सांसदसहित १७ नेता-कार्यकर्ता समातिए


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगीमा मुछिएका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ ।

मध्यान्ह १२ बजेका लागि तय भएको प्रदर्शनमा सहभागी हुन बालुवाटार पुगेका रास्वपा एकजना सांसदसहित १७ जना नेता-कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई प्रहरीले प्रदर्शनअघि नै समातेको हो । बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टअगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर शान्तिपूर्ण रूपमा छलफल गर्दै गर्दा सांसद चौधरीसहित काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासहित समातिएको रास्वपाले जनाएको छ ।

लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेर अहिले कास्की प्रहरीको हिरासतमा राखेको छ । दोस्रो पटक म्याद थपिएका उनलाई रिहा गर्न मागसहित रास्वपाले पोखरा र काठमाडौं प्रदर्शन गरिरहेको छ ।

रास्वपाको आन्दोलनको नेतृत्व उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले गरेका छन् । रास्वपाले सुरुमा पोखरा आन्दोलन गरेर अब काठमाडौंकेन्द्रित भएको छ। लामिछानेविरूद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि अघि बढाउने तयारी गरेको छ ।

लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। बुटवल, पर्सा, वीरगञ्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ। जीबी राईसँग मिलेर रविले पाँचभन्दा धेरै सहकारीबाट करोडौं रकम सहकारीबाट अवैध रुपमा टेलिभिजनमा ल्याएको आरोपसहित अनुसन्धान हुँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ३४ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन