कोरला नाकामा अध्यागमन कार्यालय स्थापना | Khabarhub Khabarhub

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्‌घाटन गर्ने तयारी छ । 

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उनले बताए। विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।

अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रजिअ सुवेदीको भनाइ छ । 

‘हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन्’, उनले भने।

उनकाअनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । 

चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ । आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ४६ बजे

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी–  गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्ब रुपैयाँको आलु र

इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर– इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमाको दिन भक्तपुरको सिद्धपोखरीमा

बन्ने भयो बाहिरी चक्रपथ, पहिलो चरणमा चोभार–सतुङ्गलखण्ड निर्माण

काठमाडौँ – २३ वर्षदेखि अन्योलमा रहेको बाहिरी चक्रपथ आयोजना निर्माण

एमाले महाधिवेशन : समूहगत प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत

झापामा निजामती सेवा दिवस मनाइयो

भद्रपुर– जिल्ला प्रशासन कार्यालयको आयोजनामा आइतबार बिहान २२ औँ निजामती