रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ? « Khabarhub

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ?

रविलाई लामो समय हिरासतमा नराख्न आग्रह


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति रवि लामिछाने डेढ सातादेखि प्रहरी हिरासतमा रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।

सोमबार साँझ हाल रास्वपाको नेतृत्व अनौपचारिक रुपमा सम्हालिरहेका अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन् । यो भेटको पुष्टि स्वयम् अर्यालले खबरहबसँग गरेका छन् ।

भेटबारे जानकारी दिँदै अर्यालले भने , ‘भेटमा मंगलबारको बालुवाटारकेन्द्रित आन्दोलनबारे छलफल भएको छ । हामीले बालुवाटार र माइतीघरकेन्द्रित आन्दोलन गरिरहेका छौँ । यहीबारे मैले गृहमन्त्रीलाई जानकारी गराएको हुँ।’

भेटमा पार्टी सभापति लामिछानेको विषयमा कुरा गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘त्यतातिर अहिले कुरा नगरौँ, बालुवाटारकेन्द्रित आन्दोलनबारे हामीले कुरा गरेका छौँ। मैले शान्तिपूर्ण आन्दोलनलाई सरकारी हस्तक्षेप नहोस् भनेको छु ।’

अर्यालले खुलाउन नचाहे पनि राजनीतिक प्रतिशोधका आधारमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिएको गुनासो उनले गृहमन्त्रीसँग राखेका छन् । प्रतिशोध लिएर लामिछानेलाई पक्राउ गरिएको जस्तो गतिविधि नदोहोर्‍याउन अर्यालले गृहमन्त्रीलाई आग्रह गरेको स्रोतले उल्लेख गरेको छ ।

भेटमा अर्यालले गृहमन्त्री लेखकसँग लामिछानेलाई लामो समय हिरासतमा नराख्न र राजनीतिक प्रतिशोधका आधारमा दुःख नदिन आग्रह गरेका स्रोतले उल्लेख गरेको छ ।

जवाफमा गृहमन्त्री लेखकले कानुनअनुसार कारबाही हुने भन्दै अदालती प्रक्रियामा गइसकेको कुरालाई राजनीति प्रतिशोध भन्न नमिल्ने बताएका थिए।

लेखकले शान्तिपूर्ण आन्दोलनका नाममा भिडभाड गरेर अनुसन्धानलाई प्रभावित नपार्न आग्रहसहित बरु सहयोग गर्न अर्याललाई आग्रह गरेको बताइएको छ ।

तर यस भेटबारे गृहमन्त्री लेखकले केही बोलेका छैनन् । उनको सचिवालयले पनि अर्यालसँगको भेटबारे मौनता साँधेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ५१ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको