कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्ता साझेदार नेपाली कांग्रेसले असोजमा परेको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई आर्थिक सहयोग गरेको छ। 

कांग्रेसले असोज १० देखि १३ सम्म परेको वर्षाका कारण गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई मंगलबार जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो । 

सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट मृत्यु भएका देशभरका २५० जनाका आफन्तजन मध्ये पहिलो चरणअन्तर्गत ललितपुरका ४६ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको कांग्रेसले जनाएको छ । 

ललितपुरको गोदावरीमा रहेको वेलकम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कांग्रेसले उनीहरूलाई आर्थिक सहयोग गरेको हो । 

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोग तथा संयोजनमा सिन्धुपाल्चोकका स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाले कांग्रेसलाई नगद सहयोग गरेका थिए । 

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले विपद् व्यवस्थापन कोषमा संकलित २ लाख १५ हजार रुपैयाँ बागमती गाउँपालिका– ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ । उक्त स्थानमा बागमती नदीले कटान गर्दा सुकुम्बासी बस्तीका १० घर बगाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग