कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग « Khabarhub

कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले असोजमा परेको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई आर्थिक सहयोग गरेको छ। 

कांग्रेसले असोज १० देखि १३ सम्म परेको वर्षाका कारण गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई मंगलबार जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो । 

सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट मृत्यु भएका देशभरका २५० जनाका आफन्तजन मध्ये पहिलो चरणअन्तर्गत ललितपुरका ४६ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको कांग्रेसले जनाएको छ । 

ललितपुरको गोदावरीमा रहेको वेलकम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कांग्रेसले उनीहरूलाई आर्थिक सहयोग गरेको हो । 

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोग तथा संयोजनमा सिन्धुपाल्चोकका स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाले कांग्रेसलाई नगद सहयोग गरेका थिए । 

कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले विपद् व्यवस्थापन कोषमा संकलित २ लाख १५ हजार रुपैयाँ बागमती गाउँपालिका– ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ । उक्त स्थानमा बागमती नदीले कटान गर्दा सुकुम्बासी बस्तीका १० घर बगाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ५७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल