इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित | Khabarhub Khabarhub

इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सिएनएनले जनाएको छ ।

संसद्मा सोमबार यो विधेयकमा मतदान गरिएको थियो, विधेयकको पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो । सिएनएनका अनुसार यो कानूनले औपचारिक रूपमा युएनआरडब्लुएलाई गाजा र प्यालेस्टिनी नियन्त्रित पश्चिम किनारका केही भागमा काम नरोके पनि उक्त क्षेत्रमा एजेन्सीको क्षमतालाई सीमित गर्दछ । 

गत वर्ष अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा युएनआरडब्लुएले इजरायलबाट निरन्तर आलोचनाको सामना गरिरहेको छ ।

सोमबार क्यानाडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले गाजामा बढ्दै गएको मानवीय सङकटबारे चिन्ता व्यक्त गर्दै इजरायललाई प्रस्तावित कानून रोक्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

‘युएनआरडब्लुएले गाजा, पूर्वी जेरुसेलम, पश्चिम किनार र क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई आवश्यक जीवन रक्षक मानवीय सहायता र आधारभूत सेवाहरू प्रदान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

पहिले नै गम्भीर र द्रुत रूपमा बिग्रिँदै गएको मानवीय अवस्था विशेषगरी उत्तरी गाजामा विनाशकारी नतिजाले असम्भव नभएको खण्डमा पश्चिम किनारलाई गम्भीर रूपमा अवरोध गर्ने विज्ञप्तिमा बताइएको छ । 

विधेयक पारित हुनुअघि नै राष्ट्रसङ्घले खाना, आश्रय र स्वास्थ्य सेवामा पूर्ण रोक लगाइएको गाजामा करिब छ लाख बालबालिका जोखिममा पर्ने भविष्यवाणी गरेको थियो ।

प्रतिबन्धले इजरायलले कब्जा गरेको क्षेत्रमा युएनआरडब्लुएको अपरेसनमा बाधा पुर्याउने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : १५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार