काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै « Khabarhub

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । 

नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिएका हुन् ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवद्र्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । 

‘हामी व्यापारीहरूलाई  प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ । यदि कसैले लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, प्रमुख शाहले भनेका छन् ।

अघिल्लो वर्षको तिहारमा महानगरले सडकमा फूल बिक्रीमा रोक लगाएको र बिक्री स्थान नतोक्दा धेरै किसानले फूल बिक्री गर्न नपाएको गुनासो गरेका थिए । कतिपयले बिक्रीका लागि ल्याएको फूल सडकमै फालेका थिए ।

महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । गत वर्षको सिकाइबाट यस वर्ष फूल बिक्रेतालाई सहज बनाउने प्रयास गरिने नगरप्रमुख शाहले उल्लेख गरेका छन् । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टरहरुमा व्यवस्था मिलाइएको छ ।

महानगरले बालाजु माछापोखरीस्थित आरती पार्टी प्यालेस, बुद्ध मल, भाटभटेनी, भ्याली कोल्ड स्टोर बालाजु, सामुदायिक भवन, बालाजुमा फूल बिक्रीको प्रबन्ध मिलाएको छ । स्वयम्भूस्थित धर्म चक्र पार्क, स्वयम्भू मार्ट, कलंकी क्षेत्रमा भाटभटेनी, कलंकी ट्रेड सेन्टर, एसएनएस, एनबिटिसीबाट फूल खरिद गर्न पाइनेछ ।

 त्यसैगरी, नेपा ब्याङ्क्वेट खुशिँवु, बिग मार्ट, कालधारा, पकनाजोल, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौँ मल, सिभिल मल, सिटिसी मल, रञ्जना मल, बिग मार्ट कम्प्लेक्स, एटी कम्प्लेक्स, अनामनगरस्थित भाटभटेनी, आइटी प्लाजा, कमलादी, संकटा चोक, टेबहाल, के। एल। टावर, चाबहिल, वी एन्ड एसएम, बौद्धमा उपभोक्ताले फूल खरिद गर्नसक्नेछन् ।

त्यस्तै, शङ्खमूलको भर्गो जापान, बिगमार्ट, निराकल कम्प्लेक्स, बानेश्वरको आइप्लेक्स, एनबी सेन्टर, बत्तीसपुतलीस्थित फोनिक्स टावर, चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान, कोटेश्वरको भाटभटेनी, बिबिएसएम, एसी कम्प्लेक्स, सिफल चौर, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स, शङ्खमूल, नक्सालको भाटभटेनी, बालुवाटारस्थित बिग मार्ट, महाराजगञ्जको भाटभटेनी, सेल्स बेरी, सामाखुशीस्थित बिग माट, कोइराला मार्ट, कमलपोखरीको सिटी सेन्टर, बालाजुको ल्होत्से मल र सासा ब्याक्वेट सोह्रखुट्टेमा फूल बिक्री स्थल तोकिएको महानगरले जनाएको छ ।

स्वदेशी फूल व्यापारीले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नेछन् । यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : २२ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई