विपद् प्रभावितलाई लत्ताकपडा वितरण « Khabarhub

विपद् प्रभावितलाई लत्ताकपडा वितरण


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धरान – यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।

साडी, बर्को, साबुन, ब्रस, लक्ताकपडा, चप्पललगायतका सामग्री वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए। उनका अनुसार वडा कार्यलयको सिफारिसका आधारमा स्वास्थ्य संस्था, महिला स्वयम् सेविकाहरुसँग समन्वय गरी उनीहरूलाई उक्त सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख कार्कीले भने, ‘राहत सामग्री वितरणले विपद् प्रभावित गरिब परिवारलाई तिहारमा केही सहयोग मिल्ने छ ।’

सोमबार बराहक्षेत्र नगरपालिका–६ र ९ कोशीपारी श्रीलंका टप्पुबाट राहत वितरण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्र नगर संयोजक रवीन घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : ५७ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र