उर्लाबारीका नगरप्रमुख खरेलमाथि कार्यालयमै मुक्का प्रहार | Khabarhub Khabarhub

उर्लाबारीका नगरप्रमुख खरेलमाथि कार्यालयमै मुक्का प्रहार


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी- मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार अपरान्ह कार्यालयमै हातपात भएको छ ।

उर्लाबारी –७ का ४२ वर्षीय मिलन भण्डारीले खरेलमाथि कार्यालयमै मुक्का हानेका हुन् ।

सोमबार दिउँसो ११ बजे भण्डारी नगरप्रमुख खरेललाई भेट्न कार्यालय पुगेका व्यवसायी भण्डारीले हातपात गरेका हुन् ।

भण्डारीले नगरप्रमुखसँग योगसम्बन्धी कार्यक्रम सञ्चालनका लागि बजेट माग गरेका थिए ।

नगरप्रमुख खरेलले प्रक्रिया पुर्‍याएर तिहारपछि आउन भनेर बैठकतिर लागेका थिए । तर भण्डारी खरेललाई कुरेर बसेका थिए । खरेल कार्यालयबाट बाहिर निस्किनासाथ सोमबार अपरान्ह ५ बजे मुक्का प्रहार गरेका हुन् ।

मुक्का प्रहार गर्ने भण्डारीलाई नगर प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीलाई बुझाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले घटनाको अनुसन्धान भइरहेको बताए । भण्डारी उर्लाबारीका चर्चित थेरापिष्ट हुन् ।

उनले यसअघि थेरापी सेन्टर चलाएका थिए । पछिल्लो समय नगर प्रमुख खरेलले विद्यालय शिक्षामा योग र प्राणायामलाई पाठ्यक्रममा राख्नुपर्ने बताइरहेका छन् ।

नगरप्रमुखको उक्त भनाइ अनुसार भण्डारी केही समययता योगाशन र प्राणायामको पाण्डुलीपिलाई पुस्तकाकाकार दिन सहयोगी खोज्दै हिँडिरहेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : १९ बजे

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको