शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो । 

नेप्से १.७६ प्रतिशतले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । दिनभरमा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार बारबारको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ । 

२२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ६१४ पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी ३.६० प्रतिशतले बढेर १३ हजार १९९.०९ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.३५ प्रतिशतले बढेर ३ हजार ५९८.३९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.६० प्रतिशतले, विकास बैंक २.३२ प्रतिशतले, फाइनान्स ०.३८ प्रतिशतले, होटल तथा पर्यटन २.७७ प्रतिशतले, हाइड्रोपावर २.०३ प्रतिशतले, लगानी १.३६ प्रतिशतले, जीवन बीमा १.८० प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशतले, लघुवित्त १.५० प्रतिशतले, म्युचुअल फण्ड १.३३ प्रतिशतले र अन्य समूह १.५७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : १६ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित