शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से  « Khabarhub

शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से 


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो । 

नेप्से १.७६ प्रतिशतले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । दिनभरमा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार बारबारको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ । 

२२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ६१४ पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी ३.६० प्रतिशतले बढेर १३ हजार १९९.०९ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.३५ प्रतिशतले बढेर ३ हजार ५९८.३९ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.६० प्रतिशतले, विकास बैंक २.३२ प्रतिशतले, फाइनान्स ०.३८ प्रतिशतले, होटल तथा पर्यटन २.७७ प्रतिशतले, हाइड्रोपावर २.०३ प्रतिशतले, लगानी १.३६ प्रतिशतले, जीवन बीमा १.८० प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशतले, लघुवित्त १.५० प्रतिशतले, म्युचुअल फण्ड १.३३ प्रतिशतले र अन्य समूह १.५७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : १६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण