कैलाली समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार पन्त « Khabarhub

कैलाली समन्वय समिति प्रमुखमा कांग्रेसका उम्मेदवार पन्त


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको आज बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न. २ का वडा सदस्य केशवराज पन्त लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताएका छन् ।

निर्णय पश्चात  उम्मेदवार पन्तलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यही मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ५१ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित