रोड्रीलाई बधाई दिँदै एगुएरोले भने- फुटबल रियल मड्रिडको मात्रै होइन, हरेकका लागि हो « Khabarhub

रोड्रीलाई बधाई दिँदै एगुएरोले भने- फुटबल रियल मड्रिडको मात्रै होइन, हरेकका लागि हो


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलियन स्टार भिनिसियस जुनियरले नजित्ने भएपछि स्पेनिस क्लब रियल मड्रिडले बालोन डि’ओर समारोह नै बहिष्कार गर्‍यो ।

उसले अन्तिम समयमा फ्रान्स जाने जहाजको उडान नै रद्द त गर्‍यो नै शीर्ष दुईमा समेटिएका भिनिसियसलाई पनि समहारोमा जानबाट रोक्यो ।

बालोन डि’ओरको प्रमुख दाबेदार नै भिनिसियस भएको जिकिर गरिरहेको रियलले उनको समर्थनमा क्लबका अरु खेलाडीलाई सामाजिक सञ्जालमा लेख्नसमेत लगायो ।

रियलका केही खेलाडीले बालोन डि’ओरका पहिलो हकदार भिनसियसबाट म्याचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीका लागि चोरिएको जस्ता तर्क पनि गरेका छन् ।

भिनिसियसले कालो वर्णकैले भएकाले बालोन डी’ओरबाट बञ्चित हुनुपरेको अर्को तर्क पनि अहिले आइरहेको छ ।

यिनै तर्क-वितर्कबीच म्यानचेस्टर सिटी र एफसी बार्सिलोनाका पूर्वस्ट्राइकर सर्जियो अग्वेरोले भने बालोन डी’ओर विजेता रोड्रीको बचाउ गरेका छन् ।

उनले रोड्रीको बचाउमा आफ्ना भनाइ राख्दै रियल मड्रिडमाथि प्रहार गरेका छन् ।

एगुएरोले बालोन डी’ओरका लागि रोड्री एकदमै योग्य खेलाडी भएको पनि बताएका छन् । ‘बालोन डी’ओरका लागि रोड्री बिल्कुल योग्य हुन् । उनी विश्वका सर्वश्रेष्ठ खेलाडीमध्ये एक हुन् ।’

एगुएरोले रोड्रीलाई बधाई दिँदा रियललाई भने झापट हानेका छन् । ‘फुटबल केबल रियल मड्रिडको मात्रै होइन, यो त हरेक व्यक्तिका लागि हो । रोड्री बालोन डी’ओरका लागि योग्य थिए, यस पटको बालोन डी’ओरमा उनी पूराका पूरा हकदार थिए ।’

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ५८ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु