उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील  | Khabarhub Khabarhub

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील 


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य  सूचीमा राखेर वर्गीकरण गरेको छ ।

जिल्ला सुरक्षा समितिले ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकोमा ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

 संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । विगतका निर्वाचनमा भएका झगडा, विवाद र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ । उनका अनुसार ग्रामथानमा अति संवेदनशील मतदानस्थल भने छैनन् ।

सुरक्षा संयन्त्रले जुनसुकै चुनौतीलाई पनि सहजै पार लगाउने र मतदाताको सुरक्षाको ग्यारेन्टी गर्ने मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले बताए । उनका अनुसार आगामी उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो ।

मतदानस्थलमध्ये संवेदनशीलमा प्रहरी निरीक्षक सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्बस्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए ।

उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ । 

अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित गरेर १६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ ।मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मतदानका दिन पालिकालाई सुरक्षा घेराभित्र राखिने बताउँछन् ।

 ‘उपनिर्वाचन शान्तिपूर्ण र भयरहित हिसाबले सम्पन्न गर्न सुरक्षा निकाय तयार छ । अनर्गल हर्कतहरु रोक्ने गरिको योजना बनेको छ । कसैले गलत गतिविधि गरेमा तत्काल नियन्त्रणमा लिने रणनीति छ,’ उनी भन्छन्, ‘निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने छ । चुनावका दिन ग्रामथान छिर्ने मुख्य नाका ‘ब्लक’ गरिन्छ । सहायक मार्गमा सुरक्षा निकायको संयुक्त ‘चेक प्वाइन्ट’ हुने छ ।

मतदानका दिन ग्रामथानमा मानिस र सवारीसाधनको अनधिकृत प्रवेशमा रोक लगाइने भट्टराईले बताए । उनका अनुसार निर्वाचन विरोधी राजनीतिक दल र समूहका गतिविधि, नेता कार्यकर्ताबीचमा विवाद भएर हुनसक्ने सम्भावित झडप, धाक धम्की, मतदानस्थलमा हुनसक्ने अवरोध लगायतलाई सुरक्षा चुनौती मानिएको छ ।

जिल्ला सुरक्षा समिति मोरङले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिसकेको छ । स्थानीय तह उपनिर्वाचन, २०८१ ग्रामथान गाउँपालिका एकीकृत सुरक्षा योजना बनेको हो । 

मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : १६ बजे

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी