मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता  « Khabarhub

मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता 


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन । सो भेटपछि उनीहरूबिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचितको पहिले नै प्राविधिक क्षेत्रका अर्को प्रमुख व्यक्तित्व एक्स मालिक एलोन मस्कसँग ट्रम्पको उच्चस्तरको सबन्ध रहेको छ । र, ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसकेका छन् ।

ऐतिहासिक रूपमा  ट्रम्प र जुकरबर्गबीच त्यस्तो कुनै निकटता छैन् । क्यापिटल दंगा पछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।

यद्यपि, हालसालै ती तनावपूर्ण सम्बन्धहरू सुधार भइरहेको प्रमाणहरू छन्, जसको परिणत जुकरबर्गले आफ्नो फ्लोरिडा हवेलीमा राष्ट्रपति निर्वाचित राष्ट्रपतिसँग खाना खाएका छन् ।

मेटाका प्रवक्ताले बीबीसीलाई भने, ‘राष्ट्रपति ट्रम्पसँगको रात्रिभोजमा सामेल हुने दिइएको निमन्त्रणा र आगामी प्रशासनको बारेमा उनको टोलीका सदस्यसँग भेट्ने अवसरको लागि मार्क कृतज्ञ छन ।’  ‘यो अमेरिकीकन भविष्यको लागि महत्त्वपूर्ण समय हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : ४३ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा