मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता  « Khabarhub

मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता 


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन । सो भेटपछि उनीहरूबिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचितको पहिले नै प्राविधिक क्षेत्रका अर्को प्रमुख व्यक्तित्व एक्स मालिक एलोन मस्कसँग ट्रम्पको उच्चस्तरको सबन्ध रहेको छ । र, ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसकेका छन् ।

ऐतिहासिक रूपमा  ट्रम्प र जुकरबर्गबीच त्यस्तो कुनै निकटता छैन् । क्यापिटल दंगा पछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।

यद्यपि, हालसालै ती तनावपूर्ण सम्बन्धहरू सुधार भइरहेको प्रमाणहरू छन्, जसको परिणत जुकरबर्गले आफ्नो फ्लोरिडा हवेलीमा राष्ट्रपति निर्वाचित राष्ट्रपतिसँग खाना खाएका छन् ।

मेटाका प्रवक्ताले बीबीसीलाई भने, ‘राष्ट्रपति ट्रम्पसँगको रात्रिभोजमा सामेल हुने दिइएको निमन्त्रणा र आगामी प्रशासनको बारेमा उनको टोलीका सदस्यसँग भेट्ने अवसरको लागि मार्क कृतज्ञ छन ।’  ‘यो अमेरिकीकन भविष्यको लागि महत्त्वपूर्ण समय हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : ४३ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता