हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’ « Khabarhub

हाकिम र ब्रिजेशले ल्याए र्‍याप गीत ‘चिसो चिसो हावाले’


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त स्वर दिएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक भएको छ ।

काठमाडौँस्थित जमलको एक हलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उनीहरुले गीत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा ब्रिजेश, हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन् ।

हाकिमले र्‍यापरहरुको जमघटको उद्देश्यले औपचारिक कार्यक्रम गरी गीत सार्वजनिक गरेको बताए ।

उनले भने, ‘हाम्रोमा एकैपटक विभिन्न प्लाल्टफर्ममा सार्वजनिक गर्ने प्रचलन छ । आर्थिक कारणले त्यस्तो भएको पाइन्छ । तर, यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ । एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’

गीत सार्वजनिक समारोहमा उपस्थित रहेका र्‍यापर गिरिश खतिवडाले र्‍यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए ।

‘यसरी र्‍यापर अगाडी आएर आफूलाई चिनाउदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ । यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ । यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनु पर्छ । अहिलेको नयाँ पुस्ताले समेत र्‍यापलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु,’  गरिशले भने ।
कार्यक्रमको अथितिका रुपमा र्‍यापर मानस घले पनि उपस्थिति थिए । उनले पनि उक्त गीतलाई सफलताको शुभकामना दिए ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १२ : ४९ बजे

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र