अर्थमन्त्री पौडेल भन्छन्- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउँछौँ « Khabarhub

अर्थमन्त्री पौडेल भन्छन्- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउँछौँ


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भैरहवा– अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताएका छन् ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रम भैरहवामा बोल्दै अर्थमन्त्री पौडेलले ‘रुपन्देही देशको मध्य भागमा छ, विकासका असीमित सम्भावना यसले बोकेको छ । मानवीय र भौतिक विकासको दृष्टिकोणले देशको उत्कृष्ट र नमुना जिल्ला हुनुपर्छ’ भनेका छन् ।

‘रुपन्देही सभ्यता र संस्कृतिको दृष्टिकोणले पनि नमुना छ । गौतमबुद्धको जन्मस्थल भएको ठाउँ, जसले संसार भरि शान्ति र मानवताको सन्देश फैलाएकाको सन्तान हौ । जुन जात धर्म संस्कृतिको भए पनि हामी बुद्धका सन्तान हौ । जसको नाताले उन्नत मानवीय संस्कृति देश र संसारभरि फैलाउनु छ,’ उनले भने, ‘नकारात्मक सोचबाट माथि उठेर सद्भाव, सदियदता, आत्मयिता, बन्धुत्व त्यसको पक्ष भई निन्दा, भर्त्सना, विरोध, असन्तुष्टि, गुनासा जस्ता धन्दामा लागेर समय बरबाद गर्दैनौ भनेर रुपन्देहीले सङ्कल्प गर्नुपर्छ हामीले सृजना, सद्भाव र एकताको बाटो हिँड्छौ भन्ने सन्देश दिनुपर्नेछ ।’

‘५२ सालमा रुपन्देहीका अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा गर्दा पागलहरूको कुरा नहुने कुरा भनेका थिए तर हामी लागेर यहाँकै साथले अहिले निर्माण भई सञ्चालनमा छ । अहिले पनि चल्दैन भनेर केहीले भनिरहेका छन्, तर चलिरहेको छ,’ उनले भने  ‘म भन्छु चल्छ, जसरी बन्दैन भन्नेलाई आशंका र आलोचनालाई वास्ता नगरी बनाएको विमानस्थल बन्यो । त्यसरी चल्दैन भन्नेलाई पनि वास्ता नगरी यो विमानस्थल, राम्रो होइन धेरै राम्रो सँग चल्छ  हामी चलाएर देखाउँछौ’ म दाबीका साथ भन्छु चल्छ र र चल्न सुरु भएको छ ।’

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : १५ बजे

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता