शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर « Khabarhub

शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको नरहामा शिक्षकहरूको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई जना बालक घाइते भएको छन् ।

घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ। नरहा गाउँ पालिका १ गौरहा स्थित श्री आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन् ।

घाइते मध्ये राजेशको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए। उनले, ‘प्रिन्सको पिठ्युमा घाउ लागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भइरहेको छ।’  फलामे ढोकाले लागेर राजेशको टाउकोमा गम्भीर चोट लागेको शिक्षक यादवले जनाए।

यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको स्थानीयहरूको आरोप छ।  ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा विद्यार्थीहरुको भागाभाग भएको थियो सो क्रममा दुई विद्यार्थी घाइते भएको स्थानीयहरूको भनाई छ ।

विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाईड गेट आधी मात्र खोलेर कक्षा कोठा र कार्यालय खोल्न गए पछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरूको भनाई रहेको छ।

विद्यालयका शिक्षकहरू समयमा विद्यालय नआउनाले पनि यो घटना हुन पुगेको अभिभावकहरूको गुनासो रहेको छ। -न्युजकारखाना

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ०८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण