नेपाल टेलिकमको क्रिकेट धमाका: ६९९ रुपैयाँमा ३०० जीबी डेटा  « Khabarhub

नेपाल टेलिकमको क्रिकेट धमाका: ६९९ रुपैयाँमा ३०० जीबी डेटा 


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यहि मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ।

बिहीबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेकी हुन् ।

यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६९९ रुपैयाँ मा ३०० जीबी  डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएकाे छ ।

टेलिकमका अनुसार यसैगरी ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकहरूको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।

आजदेखि आगामी पौष ६ गतेसम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरू मोबाइलबाट *१४१५*११#  डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत ​खरिद गर्न सकिनेछ ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरू सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ५७ बजे

तोसिमा कार्कीले गरिन् मतदान

काठमाडौं–  ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले आज मतदान गरेकी छन्। मतदानपछि

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान

मतदान गरेर फर्किए १०५ वर्षीय खड्का

काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा १०५ वर्षिय  चन्द्रबहादुर

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण

रञ्जित तामाङले झापा ५ बाँसबारीबाट हाले मत

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ झापा ५