कोशी प्रदेश : भौतिक संरचना पुनः निर्माण कार्यविधि स्वीकृत | Khabarhub Khabarhub

कोशी प्रदेश : भौतिक संरचना पुनः निर्माण कार्यविधि स्वीकृत


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारले गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण क्षति भएका भौतिक संरचना पुनः निर्माण एवं मर्मत सम्भार सञ्चालन कार्यविधि, २०८१ लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको रकम रकमान्तर प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए  ।

बैठकले खानेपानी तथा ऊर्जा मन्त्रालयमार्फत आएका सुक्खा राहत स्यालो ट्युबेल सिँचाइ विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ लाई स्वीकृत गर्नुका साथै उक्त योजनाको सम्झौतामा हस्ताक्षर गर्न सोही मन्त्रालयका सचिवलाई कार्य जिम्मेवारी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता राईले बताए  ।

यसैगरी, बैठकले प्रदेश सरकारले पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत केचना–कञ्चनजङ्घा पर्यटन विकास समिति गठन, २०८१ सम्बन्धी आएको प्रस्तावलाई स्वीकृत गरेको प्रवक्ता राईले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : ०३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’