दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति « Khabarhub

दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बिबादस्पद मेडिकल व्यवसायी थप ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत काठमाडौंले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा उनी गत मंसिर ४ गते पक्राउ परेका थिए।

यसअघि मंसिर ५ गते प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेश गरिएको थियो।

त्यतिबेला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसपछि मंसिर ९ आइतबार अदालतले दोस्रो पटक ५ दिनको म्याद थप गरेको थियो।

५ दिनको म्याद सकिएपछि शुक्रबार प्रसाईँलाई पुनः अदालतमा पेश गरिएकोमा ५ दिन म्याद थप भएको हो।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : २२ बजे

सिरहामा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सिरहा – पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा

एमालेबाट दैलेख-२ मा विष्णु रिजाल पहिलो नम्बरमा सिफारिस

दैलेख – नेकपा एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि

हरेक संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व होः मुख्यमन्त्री आचार्य

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संस्कृतिको जगेर्ना गर्नु

प्राडा शर्माको ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ सार्वजनिक

काठमाडौं– दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक