जापानमा मानव तस्करी प्रकरण : तीनजनालाई थुनामा पठाउने आदेश « Khabarhub

जापानमा मानव तस्करी प्रकरण : तीनजनालाई थुनामा पठाउने आदेश


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापान जाँदा भएको मानव तस्करी प्रकरणमा तीनजनालाई थुनामा पठाउने आदेश भएको छ ।

नेकपा एमालेका नेतासमेत अधिकारी गत कात्तिक १३ गते जापान जाने क्रममा भएको मानव तस्करी प्रकरणमा शुक्रबार काठमामडौं जिल्ला अदालतमा न्यायाधीश बलराम लम्सालको इजलासले तीनजनालाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ निवासी महेश पाण्डे, नुवाकोटको बिदुर नगरपालिका-७ निवासी जुगल रिजाल र दोलखाको जिरी नगरपालिका-९ निवासी वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले यो प्रकरणमा मुछिएका अन्य तीनजनालाई धरौटीमा र दुईजनालाई साधारण तारेखमा रिहा गर्न पनि आदेश दिएको छ ।

गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरिसकेको छ ।

प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले तीनजना युवकलाई लगेको प्रकरणमा मन्त्री पद गुमाएका थिए । उनलाई त्यसपछि नेकपा एमालेले सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।

सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउँदा अन्य ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णय गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउँदा तीनजना जेल गएका हुन् ।

मानव तस्करी प्रकरणमा अधिकारी गत कात्तिक २५ गते विराटनगरस्थित निवासबाटै पक्राउ गरेका थिए । उक्त प्रकरणमा जापानको अध्यागमन विभागबाट ४ जना डिपोर्ट भएका थिए । जापानको एक कार्यक्रममा जाँदा उनले असम्बन्धित युवालाई लगेपछि यो प्रकरण चर्किएको थियो ।

मन्त्री अधिकारीसँग जापान गएका तीनजनाले आफूहरूले १० देखि १४ लाख रुपैयाँसम्म बुझाएको बयान काठमाडौं प्रहरीसमक्ष दिएका थिए ।

मानव तस्करीमा मुछिएपछि अधिकारीकाे तीव्र विरोध भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए । उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गरेपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा मुछिएका दावा शेर्पा, गोपाल भन्ने योगराज गौतम, जनक राई, महेश पाण्डे, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, कञ्चन देवकोटा, विष्णुप्रसाद भट्टराई, जुगल रिजाल र दिवाकरबाबु भट्टराईविरूद्ध मुद्दा दर्ता गरेको थियो। जसमध्ये दिवाकरबाबु, गोपाल र विष्णुप्रसाद फरार छन्।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ०० बजे

अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

काठमाडौं–   प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस

सुनको मूल्य प्रतितोला १३ हजार चार सय घट्यो : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपरासी– नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय

रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश

जुम्ला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा

आमाको नामबाट दुई युवाले पाए नागरिकता

चितवन– चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् ।