जापानमा मानव तस्करी प्रकरण : तीनजनालाई थुनामा पठाउने आदेश « Khabarhub

जापानमा मानव तस्करी प्रकरण : तीनजनालाई थुनामा पठाउने आदेश


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापान जाँदा भएको मानव तस्करी प्रकरणमा तीनजनालाई थुनामा पठाउने आदेश भएको छ ।

नेकपा एमालेका नेतासमेत अधिकारी गत कात्तिक १३ गते जापान जाने क्रममा भएको मानव तस्करी प्रकरणमा शुक्रबार काठमामडौं जिल्ला अदालतमा न्यायाधीश बलराम लम्सालको इजलासले तीनजनालाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ निवासी महेश पाण्डे, नुवाकोटको बिदुर नगरपालिका-७ निवासी जुगल रिजाल र दोलखाको जिरी नगरपालिका-९ निवासी वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतले यो प्रकरणमा मुछिएका अन्य तीनजनालाई धरौटीमा र दुईजनालाई साधारण तारेखमा रिहा गर्न पनि आदेश दिएको छ ।

गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरिसकेको छ ।

प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले तीनजना युवकलाई लगेको प्रकरणमा मन्त्री पद गुमाएका थिए । उनलाई त्यसपछि नेकपा एमालेले सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।

सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउँदा अन्य ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णय गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउँदा तीनजना जेल गएका हुन् ।

मानव तस्करी प्रकरणमा अधिकारी गत कात्तिक २५ गते विराटनगरस्थित निवासबाटै पक्राउ गरेका थिए । उक्त प्रकरणमा जापानको अध्यागमन विभागबाट ४ जना डिपोर्ट भएका थिए । जापानको एक कार्यक्रममा जाँदा उनले असम्बन्धित युवालाई लगेपछि यो प्रकरण चर्किएको थियो ।

मन्त्री अधिकारीसँग जापान गएका तीनजनाले आफूहरूले १० देखि १४ लाख रुपैयाँसम्म बुझाएको बयान काठमाडौं प्रहरीसमक्ष दिएका थिए ।

मानव तस्करीमा मुछिएपछि अधिकारीकाे तीव्र विरोध भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए । उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गरेपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा मुछिएका दावा शेर्पा, गोपाल भन्ने योगराज गौतम, जनक राई, महेश पाण्डे, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, कञ्चन देवकोटा, विष्णुप्रसाद भट्टराई, जुगल रिजाल र दिवाकरबाबु भट्टराईविरूद्ध मुद्दा दर्ता गरेको थियो। जसमध्ये दिवाकरबाबु, गोपाल र विष्णुप्रसाद फरार छन्।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ०० बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको