सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी « Khabarhub

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही हुने स्पष्ट पारेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याइने जनाएको हो ।

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : २० बजे

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय