कर्णाली याक्सबाट खेल्न आइपुगे शिखर धवन (भिडियो) « Khabarhub

कर्णाली याक्सबाट खेल्न आइपुगे शिखर धवन (भिडियो)


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् ।

नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टीमबाट खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् ।

उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन् ।

उनीहरू तीनैजना नेपाल आइसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ ।

एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ६ : ५४ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर