रौतहटको लमाहा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु « Khabarhub

रौतहटको लमाहा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको आज डुबेर मृत्यु भएको छ।

गरुडा नपा–२  गेडाहीका देवालाल साहका १८ वर्षीय छोरा जितेन्द्र साह र उमेश साहका १८ वर्षीय छोरा राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु ज्यान गएको हो।

आज दिउँसो नुहाउन गएका उनीहरू बेपत्ता भएको खबरप्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको टोली खटिएको थियो।

डुबेका दुवैलाई अचेत अवस्थामा उद्धार गरी बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : १० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन