चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ « Khabarhub

चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली – यस वर्षका ठूला चाडपर्व सकिएका छन् । बडादसैँ, तिहार (दीपावली), छठलगायत पर्व सकिएसँगै चाडबाड मनाउनकै लागि घर फर्किएकाहरू पुनः आफ्नो कर्मथलो फर्किन थालेका छन् । हाल सुदूरपश्चिमेलीका नाकाहरू यसरी रोजगारीका लागि छिमेकी राष्ट्र भारत फर्किनेहरूको भीड देख्न सकिन्छ ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट हिजोआज दिनहुँ दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारको लागि मुग्लान (भारत) गइरहेको सीमानाकास्थित सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क)ले जनाएको छ । यहाँबाट एक सातामा नौ हजार एक सय ४९ जना नेपाली भारतका विभिन्न सहरमा रोजगारीका लागि बाहिरिएका तथ्याङ्क छ ।

लामो समयदेखि भारतको रत्नागिरीमा रोजगारी गर्दै आएका कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले केही समयअघि चाडपर्व मनाउनैका लागि आफू घर आए पनि पुनः रोजगारीका लागि जान लागेको बताए । उनले आफूले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएको बताए । “हाम्रो देशमा काम पाउनै गाह्रो छ, पाइहाले पनि यहाँको कमाइले परिवारको खर्च धान्न मुस्किल पर्छ । त्यसैले रोजगारीका मुग्लान जानुको विकल्प छैन । यस्तै चाडपर्वमा घरपरिवार भेट्न आए पनि फेरि उतै जानुपर्छ”, सार्कीले भने ।

सोही नाकाबाट बाहिरिरहेका डडेल्धुराका गङ्गा महराले पनि बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाटका लागि घर आएको र चाडवर्प सकिएसँगै फेरि रोजगारीका लागि भारतको सुरत फर्किन लागेको सुनाए । यस्तै, अछामका सन्तोष परियारले पनि रोजगारीका लागि भारतको मुम्बई गइरहेको बताउनुभयो । यसरी छिमेकी मुलुक भारत जाने नेपालीहरू कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्छन् ।

क्तिपयले खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्छन् । खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला सहरमा जाने गर्छन् । बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेको बताइन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ८ : ४४ बजे

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा