अदानचुलीका सडक स्तरोन्नति गरिँदै « Khabarhub

अदानचुलीका सडक स्तरोन्नति गरिँदै


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अदानचुली– अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ । 

सडकको ट्रयाक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो ।

गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएलगत्तै निरन्तर रूपमा काम भइरहेको छ । 

कर्णाली करिडोरको सडक निर्माण गरिएको स्थान (जिरो पोइन्ट) गल्फागाडबाट सुरु भएर श्रीनगरस्थित गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने स्थान नजिकैको मोडसम्म करिब नौ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने भएको छ ।

अहिले गल्फागाडबाट सडक चौडा बनाउने, ग्याविन लगाउने, नाला खन्ने काम स्काभेटर र कामदारबाट धमाधम भइरहेको छ । विश्वबैंको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको लम्बाइ नौ दशमलव नौ किलोमिटर रहेको छ । 

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले काममा केही ढिलाइ हुने देखिएपछि दुई सिफ्टमा सडकको स्तरोन्नति गर्ने काम अगाडि बढाउने विषयमा निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए। उक्त सडकको स्तरोन्नति गर्ने काम पूरा भएपछि कालोपत्रको काम सुरु गरिनेछ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ३ : १३ बजे

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा