धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ « Khabarhub

धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

धनुषा – यही मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका–३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका–८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

मङ्सिर ८ गते जनकनन्दिनी गाउँपालिका–४ खजुरी र कमला नगरपालिका–२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी एक महिलाको शव प्लाष्टिकको बोराभित्र रहेको अवस्थामा फेला परेको थियो । पछि ती महिला जनकनन्दिनी गाउँपालिका–५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुङ्गाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए ।

मृतकसँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए । मृतक र खत्वेबीच पाँच÷छ वर्षदेखि रामललित मण्डल खत्वेबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : १६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज